२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

डीडीसीमा १२ करोडको आर्थिक अनियमितता, भैंसेपाटीबाट आयोजना प्रमुख पक्राउ

डीडीसीमा १२ करोडको आर्थिक अनियमितता, भैंसेपाटीबाट आयोजना प्रमुख पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्याएको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई शुक्रबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार डीडीसीका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा पूर्वयोजनाअनुसार संगठित सञ्जाल खडा गरी संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त कार्यबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको सीआईबीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भएका ४५ वर्षीय शर्मा हाल ललितपुर महानगरपालिका–२५ भैंसेपाटीमा बस्दै आएका थिए ।

उनलाई आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij