२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

२०८३ कार्तिक २४ सोमबार

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

डोल्पा । डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार करणी मुद्दामा कैद सजाय भोगिरहेका जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक अनिलराज गिरीको कमान्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँ नजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुवै जनालाई १२ वर्ष कैद सजाय तोकिएको थियो । विकको १० वर्ष ८ महिना र बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी थियो ।

उनीहरू पक्राउ परेसँगै डोल्पा कारागारबाट फरार भएका ६ जना कैदी पक्राउ परेका छन् । अझै फरार रहेका दुई जना थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij