बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । केदारस्युँ गाउँपालिका–७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहा से. ००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको बताइएको छ । जिपमा १५ जना सवार थिए। बाँकी ७ जनाको अवस्था भने सामान्य छ ।
गम्भीर घाइतेलाई केदारस्युँ गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल सिमखेत लगिएको छ। जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij