२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल। लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबाट सबैभन्दा धेरै ९४३ घर परिवारहरू स्वदेश फर्केका छन् । स्वदेश फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाका पार गरी अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ ।

हाल अफगानिस्तानले निरन्तर आर्थिक र सामाजिक चुनौतिहरूको सामना गरिरहेको अवस्थामा विभिन्न कठिनाइहरूको बाबजुद, उनीहरूले आफ्नो मातृभूमिमा आफ्नो जीवन पुनर्निर्माण गर्ने आशा बोकेर स्वदेश फर्केको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij