२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल र युइएबीच आज एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल हुदैछ ।  यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।

 

त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुदैछ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij