काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको छ।
कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो।
काठमाडौंलाई रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए। उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए।
हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी रन बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij