२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij