२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

झापामा तीन जनाको शव फेला

झापामा तीन जनाको शव फेला

झापा– झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा– ४ मदनपुर जलाधार सडक, बिर्तामोड– २ फूलबारी टोल र अर्जुनधारा– ११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा– ४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड– २ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा– ११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij