२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

योनिभित्र लुकाई हिरोइन तस्करी गर्ने युवती पक्राउ

योनिभित्र लुकाई हिरोइन तस्करी गर्ने युवती पक्राउ

धनगढी : धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ।​

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेका थिए। ठकुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनले यसअघि पनि गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने गरेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij