२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

प्रधानमन्त्रीका नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति अस्वीकार्य : गगन थापा

प्रधानमन्त्रीका नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट नागरिकलाई उत्तेजित बनाउने किसिमका अभिव्यक्तिहरू आउनु गम्भीर विषय भएको बताउँदै यस्ता अभिव्यक्ति दोहोरिन नहुने चेतावनी दिएका छन्।

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति कल्पना गर्नै नसकिने खालको छ। यस्तो खालको भाषा दोहोरिनु हुँदैन। नेताहरूबाट आएको यस्तो व्यवहारले लोकतान्त्रिक प्रणालीमाथि नै आघात पुग्छ।”

प्रधानमन्त्री ओलीले शनिबार आयोजित एक कार्यक्रममा आगामी जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा रहने अभिव्यक्ति दिएका थिए, जसप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको हो।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि प्रधानमन्त्रीका अभिव्यक्तिलाई अस्वीकार्य भन्दै पार्टीले त्यसको जिम्मेवारी लिन नसक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij