काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै १४ महिनापछि राजीनामा दिने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने- ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहिबार संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट फर्किएपछि गठबन्धनबारे छलफल गर्ने बताएपछि सरकार बारे अनेक आशंका उब्जिएको थियो । तर सभापति देउवा स्वदेश फर्किएपछि प्रतिक्रिया दिदै सरकार ढल्ने हल्ला असत्य भएको र यो गठबन्धन पूरा समय जाने प्रतिक्रिया दिएका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij