काठमाडौँ- गोली लागेर घाइते भएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ।
गत असोज १० गते काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
उनी पूर्व आईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत असई लक्ष्मण चौधरीकी पत्नी भएको प्रहरीको भनाइ छ ।
उनी गोली लागेको अवस्थामा कोठामै भेटिएकी थिइन् भने त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार हुँदै आएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शर्मिलाले आफैंलाई गोली हानेको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ।
चौधरी घरमा नभएको बेला कोठामा राखिएको उनले बोक्ने पेस्तोलबाट दुई राउण्ड फायर भएको बताइएको छ। शर्मिलाको पेटमा गोली लागेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij