२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह

प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij