झापा- बालिका बलात्कारको आरोपमा विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्।
झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो।
बाबु नभएकी र आमा भारतको असम बस्दै आएकी बालिकालाई पढाइदिने सर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए।
उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्धार गरेको हो। बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको हो।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विर्तामोडको मेयरमा निर्वाचित भएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij