२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न कांग्रेसको सुझाव

उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासले लेखेको पत्रबारे सदनमा प्रश्न उठाएको छ ।

आइतबारको संसद बैठकमा कांग्रेस संसद रामहरी खतिवडाले उपसभामुखले मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न नमिल्ने बताए । उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ । उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभए हुन्छ।’

उनले यो विषयको अनुसन्धान हुनुपर्ने माग गरे । उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने भन्दै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij