२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

शेयर बजारमा सामान्य अंकको बृद्धि, तीन अर्ब ८९ करोडको कारोबार

शेयर बजारमा सामान्य अंकको बृद्धि, तीन अर्ब ८९ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ । सोमबार नेप्से तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ । सोमबार बैंकिङ, होटल र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । बजार बढे पनि आज कारोबार रकम भने घटेको छ ।

हिजो झन्डै साढे चार अर्ब रुपैयाँको कारोबार भएकोमा आज ९३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij