२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस विजयी

राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस विजयी

 

काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै  आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५–१२ ले जित्यो भने खेलको दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्यो ।

त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३–० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५–८, २५–७ र २५–२ ले पराजित गर्यो ।

प्रतियोगिताको विजेता टोलीले  पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij