२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बुढासुब्बा गोल्डकपमा एनआरटी सेमिफाइनलमा

बुढासुब्बा गोल्डकपमा एनआरटी सेमिफाइनलमा

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार भएको दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ ।

धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए ।

आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij