झरना अधिकारी, अमेरिका । संयुक्त राज्य अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७ औं साधारणसभा आगामि मे २५ र २६ गते हुने भएको छ ।
संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा अस्टिनमा बसेको बैठकले १७ औं साधारणसभा बोस्टनमा आयोजना गर्ने निर्णय गरेको हो । साधारणसभा नेजाका उत्तर पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिनेछ ।

नेजाको बैठकले डिजिटल बुलेटिन प्रकाशन गर्ने निर्णय समेत गरेको छ । महासचिव बाबुराम दाहालद्वारा जारी विज्ञप्तीका अनुसार नेपाल र अमेरिकामा क्रियाशील पत्रकारहरुलाई अध्येतावृत्ति प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ । युबाट स्वेदश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई प्रोत्साहन मिल्ने विश्वास नेजाले लिएको छ । साथै विगतमा झै यो वर्ष पनि नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij