२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

एसीसी महिला प्रिमियर कप: नेपालले माल्दिभ्सलाई २१४ रनले हरायो

एसीसी महिला प्रिमियर कप: नेपालले माल्दिभ्सलाई २१४ रनले हरायो

काठमाडौं । माल्दिभ्समाथि फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली समूह विजेताका रुपमा एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार मलेसियाको वाईएसडी ओभलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको विशाल जित निकालेको हो ।

नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो । मलेसियाकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । मलेसियाका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij