२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने दुई जना पोखरामा पक्राउ

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने दुई जना पोखरामा पक्राउ

पोखरा । प्रहरीले ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने दुई जनालाई पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका–१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

दर्जी ४ वर्षदेखि कतारमा रहेको र नेपाल आएको १ महिना मात्रै भएको प्रहरीले जनाएको छ । उनी हाल पोखरा ८ सिमलचौरमा बस्दै आएका थिए । ४२ वर्षीय क्षेत्री भने बेरोजगार हुन् । उनीहरूले पोखरा लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए ।

उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । उनीहरूमाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij