२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

प्रस्तावित सञ्चार कानूनहरुमा परिमार्जन जरुरी छ : अध्यक्ष लम्साल

प्रस्तावित सञ्चार कानूनहरुमा परिमार्जन जरुरी छ : अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले प्रस्ताव गरेका सञ्चार सम्बन्धी कानूनहरु यथास्थितिमा पारित हुन नहुने बताएका छन् । आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन र सोसल मिडिया सम्बन्धी कानूनहरुमा थप सुधारको आवश्यकता रहेको अध्यक्ष लम्सालको भनाई छ । उनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको विश्वव्यापी मान्यता विपरीतका प्रावधानहरु कानूनमा भेटिएकोले त्यसलाई सच्याएर मात्रै अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

“प्रस्तावित कानूनहरुमा सुधारको निकै खाँचो छ । दीर्घकालीन असर पार्ने यस्ता ऐनहरु आवश्यकता हुन् तर लोकतन्त्रमा असर पार्ने प्रावधानहरु सच्याउनुपर्छ”, लम्सालको भनाई छ । उनले सञ्चार कानूनहरु लोकतन्त्र,सुशासन र संविधानलाई सहयोग गर्न तयार पारिने हुँदा त्यस्ता कानूनमा अधिनायकवादको रंग नघोल्न समेत सुझाएका छन् ।

सरकारले संसदको चालु अधिवेशनबाटै सञ्चार कानूनहरु पारित गर्ने तयारी गर्दा युनियनले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij