२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ प्रदर्शनमा

भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बाटुलो जून’ बिहीवारदेखि प्रदर्शनमा आएको छ । तिहार विदाको अन्तिम दिन अर्थात भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको यो फिल्म दर्शकमाझ प्रतिक्षित बनेको छ ।

केही दिनअघि नै खुला गरिएको यो फिल्मको अग्रिम बुकिङ आक्रामक देखिएको छ । आज पहिलो दिन अधिकांश सिनेमा हलको बुकिङ आक्रामक देखिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा अभिनेता अनमोल केसीद्वारा निर्वाह गरिएको चरित्रलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । फिल्ममा अनमोल गाउँमा पढाउन पुगेका एक शिक्षकको भूमिकामा देखिएका छन् ।

अनमोल र प्रिन्सीसँगै यो फिल्ममा अभिनेता भुवन केसी तथा अभिनेत्री गरिमा पन्त पनि महत्वपूर्ण भूमिकामा छन् । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता रहेका छन् ।

फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र आदि कलाकारले अभिनय गरेका छन् ।
फिल्मको पटकथा तथा संवाद लेखनमा सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij