२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

कर्णालीलाई  ६३ रनले हराउँदै पोखराको पहिलो जित दर्ता

कर्णालीलाई  ६३ रनले हराउँदै पोखराको पहिलो जित दर्ता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका पवन सर्राफले सबैभन्दा धेरै ३२ रन बनाए ।, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ रन बनाए । पोखराका मेहदी हसनले ३ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । यो जितसँगै पोखरा ५ खेलमा २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । कर्णाली लगातार तेस्रो हारसहित ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij