२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

दीपेन्द्रको कप्तानीमा एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा

दीपेन्द्रको कप्तानीमा एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

छनोट आउँदो आइतवार जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ । छनोटमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड र इन्डोनेशिया छ । छनोटमा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पुग्ने टोली एशियन गेम्समा छनोट हुनेछन् ।

टी–२० फम्र्याटमा हुने एशियन गेम्स क्रिकेट आउँदो सेम्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानमा आयोजना हुनेछ । १० वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र आयोजक जापान स्वतः छनोट भइसकेका छन् ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij