२०८३ भाद्र १० बुधबार

Aug 26 2026 Wednesday

२०८३ भाद्र १० बुधबार

म्यानमारकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

म्यानमारकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जेलमा रहेकी म्यानमाकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई तत्काल र बिना शर्त रिहाइको माग गरेका छन् । नेतृ सुकीको सजाय शुक्रबार घटाएपछि तुर्कको यो भनाइ आएको हो ।

एक दशक लामो प्रजातान्त्रिक प्रयोगले नागरिक राजनीतिज्ञहरूलाई अस्थायी नियन्त्रण दिनुअघि स्वतन्त्रतापछिको इतिहासमा लगभग सबै समय सेनाले बलपूर्वक शासन गर्दै आएको छ ।

सैनिक जनरलहरूले सन् २०२१ मा भएको ‘कू’ मा ८० वर्षीया आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता फिर्ता लिएका थिए । ‘सेनाले ‘कू’ पछि अन्यायपूर्ण रूपमा हिरासतमा लिइएका सबै स्टेट काउन्सिलर आङ सान सुकीसहित नेताहरू तत्काल र बिना शर्त रिहा गरिनु पर्छ,’ उनले एक्समा भनेका छन् । म्यानमाका सबै जनताविरुद्ध निरन्तर हिंसाको अन्त्य हुनुपर्छ।

आङ सान सुकीलाई आममाफीको एक हिस्साका रूपमा शुक्रबार उनको सजाय घटाइएको उनको मुद्दा निकट स्रोतले एएफपी समाचार समितिलाई बताएको छ । म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सैन्य शासनपछि दोषी ठहर गरिएको एक विज्ञप्तिमा उल्लेख छ ।

मिन्टले सन् २०१८ देखि राष्ट्रपतिका रूपमा सेवा गरेका थिए तर ‘कू’ पछि उनलाई जेल चलान गरिएको थियो । नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुकी अझै पनि हिरासतमा रहेकी छन् तर उनको २७ वर्षको सजाय कटौति गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij