काठमाण्डौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० वरीयतामा आठौं स्थानमा पुगेका छन् ।
आइसीसीले सार्वजनिक गरेको नयाँ अलराउन्डर वरीयतामा उनी आठौं स्थानमा रहेका हुन् । यसअघि पनि उनी यही स्थानमा थिए ।
अर्का अलराउन्डर कुशल भुर्तेल २५औं स्थानमा छन् । रोहितकुमार पौडेल ४१ र गुल्सनकुमार झा ४९औं स्थानमा छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij