२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

विद्युत् प्राधिकरणमा फर्किए हितेन्द्रदेव शाक्य

विद्युत् प्राधिकरणमा फर्किए हितेन्द्रदेव शाक्य

काठमाडौं। सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज कार्यभार सम्हालेका छन्।

जेन-जी आन्दोलनपछि गत असोजमा बर्खास्तमा परेका शाक्यलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको थियो।

सर्वोच्चले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको ठहर गर्दै शाक्यको पक्षमा फैसला गरेपछि उनले आज बिहान १० बजे प्राधिकरण पुगेर कार्यभार सम्हालेका हुन्।

उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij