२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा जडीबुटीबाट २० लाख राजस्व संकलन

गोरखामा जडीबुटीबाट २० लाख राजस्व संकलन

गोरखा । जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ। गत आव विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व संकलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।

मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको हो ।

गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५० संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij