२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सुनको मूल्य तोलामा १४ सय बढ्यो

सुनको मूल्य तोलामा १४ सय बढ्यो

काठमाडौं । साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij