२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

चितवनमा यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु

चितवनमा यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु

चितवन । चितवनको खैरहनिमा मध्यरातमा दुर्घटना भएको छ ।  यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

आज बिहान १: ४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकस्थित  उदयपुरबाट काठमाडौंतर्फ आउदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खादा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।

 

ठक्करबाट कार चालकको मृत्यु भएको छ । बस र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij