काठमाडौं । राजावादीहरुले जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका ।
राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।
यसअघि उनीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका थिए भने आलोकनगरस्थित एकिकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै उनीहरुले तिनकुनेस्थित एक निजी घरमा आगजनी समेत गरेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij