२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सयले घटेर तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ७५ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी १९८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १९९५  रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij