२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ । विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।

“गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij