काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेकामध्ये २८ वटा उद्योगले अहिलेसम्म एक किस्ता पनि बक्यौता नतिरेको बताएका छन् ।
बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनमा परेका
३३९ उद्योगमध्ये अब बक्यौता तिर्न बाँकी उद्योगको संख्या ३९ वटा मात्रै रहेको बताएका छन् । त्यसमा पनि ७ वटा उद्योग प्रक्रिया अदालतको स्टे अर्डरमा रहेको पनि खुलाए ।
उनका अनुसार अहिलेसम्म २८ वटा उद्योगले कुनै पनि किस्ता नबुझाएको अवस्था रहेको खुलाए । ‘अहिलेसम्म २८ वटा उद्योगले एक किस्ता पनि तिरेका छैनन् । नेपाल सरकारको निर्देशनपछि यो पनि कार्यान्वयनको चरणमा छ । यदि यी २८ वटा उद्योगले १५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम दिनु भएन भने हामी प्रक्रियामा छौँ, लाइन काट्नुपर्ने अवस्था आउँछ ।’
उनले प्राधिकरणले दिएको ३ महिनाको भाका सकिए पनि नेपाल सरकारले निर्देशनअनुसार १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न कुरिरहेको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij