२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

यो सरकारलाई असफल हुने छुट छैनः प्रमुख सचेतक बर्तौला

यो सरकारलाई असफल हुने छुट छैनः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक बर्तौलाले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको बताए ।

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन् । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij