२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

उदयपुरको बेलकामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

उदयपुरको बेलकामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएका प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij