२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

चेल्सीलाई पराजित गर्दै लिभरपुललाई इंग्लिस फुटबल लिग कपको उपाधि

चेल्सीलाई पराजित गर्दै लिभरपुललाई इंग्लिस फुटबल लिग कपको उपाधि

काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि हो । गएराति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो ।

चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त समयको पनि अन्तिम मिनेट कुर्नु परेको थियो ।निर्धारित समय गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

जसमा कप्तान भर्जील भ्इान डाइकले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेका बेला गोल गरेका थिए । खेलको ११८ औं मिनेटमा कोन्सटान्टिनोस सिमिकासले प्रहार गरेको कर्नर किकलाई डाइकले हेडर गोलमा परिणत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij