२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

भारतीय गाडीबाट सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद

भारतीय गाडीबाट सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद

विराटनगर । प्रहरीले सुनसरीमा भारतीय नम्बरको गाडीबाट नक्कली ठूलो परिमाणमा  नक्कली नोट बरामद गरेको छ । गएराति प्रहरीले सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेका बेला सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij