२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन् । भरतपुरमा पार्टी कार्यकर्ताले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए ।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।”

उनले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवादसमेत दिए । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

“हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ”, उनले भने, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।”

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij