२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २÷२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकास चन्दले एक÷एक विकेट लिए । आकास चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् । तीन खेलको शृङ्खलामा नेपाल एक शून्यले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij