२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

रुसी सेनामा भर्ती भएका आफन्तलाई सकुशल फिर्तीका लागि पहल गर्न सरकारलाई परिवारजनको आग्रह

रुसी सेनामा भर्ती भएका आफन्तलाई सकुशल फिर्तीका लागि पहल गर्न सरकारलाई परिवारजनको आग्रह

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले आफन्तलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका केही आफन्तहरु बेपता भएका र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् ।

यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् । युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ ।

रुसी सेनामा भर्ती भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहँदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए । उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए ।

युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ । रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लागि दुवई कतार लगायतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij