२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालक नागढुंगाबाट पक्राउ

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालक नागढुंगाबाट पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुईजना चालकलाई नियन्त्रणमा लिएको छ ।  काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो ।

बा३ख १४८४ नम्बरका माइक्रो चालक उदयपुरको त्रियुगा नगरपालिका ९ का ३० वर्षीय दिनेश क्यापछाकी र लु२ख ८३४ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका ६ का ३३ वर्षीय सुमित रानालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij