२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

राप्ती नदीमा बस खस्दा ठूलो मानवीय क्षति

राप्ती नदीमा बस खस्दा ठूलो मानवीय क्षति

दाङ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको बस भालुबाङमा पुलबाट राप्ती नदीमा खसेको छ । भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे दश बजे राप्ती पुलबाट नदीमा खसेको हो ।

शुक्रबार राति साढे ११ बजेसम्म पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस पानीमा परेकाले उद्दारमा समस्या भएको छ । बसमा करिब ३७ जना यात्रु रहेका बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij