२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

स्वास्थ्य बीमामा झन्झट घटाउन बोर्डले ल्यायो नयाँ डिजिटल प्रणाली

स्वास्थ्य बीमामा झन्झट घटाउन बोर्डले ल्यायो नयाँ डिजिटल प्रणाली

health-insurance-bord-GN

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ ।
बोर्डले कात्तिक १७ गतेदेखि HIB e–Portal मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डमार्फत नागरिक र लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन तथा नवीकरण गर्न सक्नेछन् ।

त्यसैगरी, यस प्रणालीबाट बीमाको योगदान रकम भुक्तानी र अभिलेख व्यवस्थापनसमेत गर्न सकिनेछ । स्थानीय तहले आफैँ वा दर्ता सहयोगीमार्फत यी सेवा सञ्चालन गर्न सक्ने बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता डा. पवनकुमार साहले डिजिटल प्रणालीमार्फत सामूहिक आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको बताएका छन् ।

यसले स्वास्थ्य बीमामा आबद्ध हुने तथा नवीकरण गर्ने प्रक्रियामा लाग्ने समयसमेत घटाउने बोर्डको विश्वास छ । सेवा सञ्चालन गर्न इच्छुक प्रदेश तथा स्थानीय तहलाई बोर्डका सम्बन्धित प्रदेश र जिल्ला कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij