२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ ।

छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो ।

वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र गर्ने प्रस्तावसमेत अघि बढाइएको छ । छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij