२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मन्त्रिपरिषद्का निर्णय: विद्युतीय एम्बुलेन्समा कर छुटदेखि चार जनालाई सहिद घोषणासम्म

मन्त्रिपरिषद्का निर्णय: विद्युतीय एम्बुलेन्समा कर छुटदेखि चार जनालाई सहिद घोषणासम्म

काठमाडौं।  सरकारले मुलुकभित्र आयात वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय समेत गरेको छ। सहिद घोषित हुनेहरूमा सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गनेश कुमार यादव रहेका छन्।

यसैगरी, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) स्थापना गर्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गरिएको छ।

यस्तै, एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी विवादको छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाललको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको प्रतिवेदन (२०८०) सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij