काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको मिति साउन २९ र स्थान काठमाडौं तय गरिएको घोषणा गरेका हुन्।
कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला र डा. शेखर कोइराला लगायतले वर्तमान राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पार्टीभित्र मतभेदभन्दा एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij