२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस सांसदले उठाए सभामुखको भूमिकामाथि प्रश्न

कांग्रेस सांसदले उठाए सभामुखको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालको पूर्वराजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुखलाई पूर्वपार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरेका हुन् । उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभी काट्न सक्नुभएको छैन कि के हो ?यहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’

यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आपत्ति जनाएका छन् । कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख) अनुसार सभामुखको आचरणमाथि छलफल बाहेक आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

उनले भने,‘नियमावलीको २१ को (ख)मा सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको हो । जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै यो बोलेको कुरा रेकर्डबाट हटाउन माग गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij