२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू उपस्थित थिए । गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए ।

सरकारले गठन गरेको छानबिन समितिले उनलाई सफाइ दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् । महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij